सोहि दिन पुर्याउने (Same Day Delivery) सेवा
जिल्ला हुलाक कार्यालय बाँकेबाट नेपालगन्ज उपमहानगरपालिका भित्रका स्पष्ट ठेगाना खुलेका व्यक्ति तथा कार्यालयहरुका लागि Same Day Delivery सेवा उपलब्ध रहेको छ।यो सेवा हुलाक वस्तु दर्ता भएकै दिन डेलिभरी हुने सेवा हो।यो सेवा प्राप्त गर्नको लागि दिउसो १ः०० बजे भित्र जिल्ला हुलाकको काउन्टरमा हुलाक वस्तु दर्ता गरि सक्नु पर्नेछ।
लाग्ने दस्तुरः
पहिलो २० ग्रामसम्स एकमुष्ट रु.१००/- त्यसपछि थप २५ ग्राम वा अंशको (२ केजी सम्मको) रु.४०/- महशुल लाग्ने ।