वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
जिल्ला हुलाक कार्यालयको स्वरुप र प्रकृतिः
जिल्ला हुलाक कार्यालय, बाँके नेपाल सरकार तथा मन्त्रिपरिषदको मिति २०८०/१०/२५ को निर्णयानुसार स्वीकृत भएको हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण, २०८० बमोजिम स्वीकृत नयाँ संगठन संरचना तथा दरवन्दीसहित हुलाक सेवा सम्बन्धी कार्यहरु गर्ने उद्देश्यले स्थापना भएको सरकारी सेवा प्रदायक निकाय हो। नेपालको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन संघीय तहमा विभाजन गरेको सन्दर्भमा हुलाक सेवा तथा कार्यालयहरु संघीय सरकारको दायित्व अन्तर्गत पर्दछन् ।नयाँ जिल्ला हुलाक कार्यालय स्थापना भएपश्चात कार्यालयले चिठीपत्र एवं पार्सलहरु ओसारपसार, टिकट विक्री वितरण, आन्तरिक ट्रयाकिङ्ग प्रणाली (PITS) सञ्चालन कार्यहरु सम्पादन गर्दै आईरहेकोमा यस सम्बन्धी सेवा तथा कार्यहरुमा विस्तार हुँदै जिल्लामा सञ्चालित इजाजतपत्र प्राप्त एफ.एम. तथा केवल नेटवर्क, पत्रपत्रिकाहरुको नवीकरण गर्ने तथा रोयल्टी बुझ्ने सम्बन्धी कार्य, काउन्टर अटोमेशन सेवा, लगायतका कार्यहरु सम्पादन गर्ने जिम्मेवारी पाएको छ । यसका अतिरिक्त राष्ट्रिय सूचना आयोग र विज्ञापन बोर्डले प्रत्यायोजित जिम्मेवारी अनुरुप यस हुलाक कार्यालयले आफ्नो जिल्लाभित्रका सबै सार्वजनिक निकाय तथा कार्यालयहरुले नियमानुसार सूचनाको हक सम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरी प्रतिवेदन गर्ने कार्य र छापामाध्यम एवं विद्युतीय संचार माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी सिफारिस, अनुगमन, नियमन तथा सोको भुक्तानी गर्ने कार्य समेत गर्ने गर्दछ
बाँके जिल्ला हुलाक कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा अवस्थित रहेको छ। बाँके जिल्लामा ८ वटा स्थानीय तह रहेको छ जहा नेपालगन्ज उपमहानगरपालिकालाई जिल्ला हुलाकले हेर्ने गरी अन्य ७ वटा स्थानीय तहहरुमा हुलाक कार्यालयहरु स्थापना भएको छ । जिल्ला हुलाक भित्र १ वटा र नेपालगन्ज उपमहानगरपालिका भित्र सेवाग्राहीहरुलाई पाइक पर्ने गरी थप १ गरेर जम्मा २ वटा हुलाक काउन्टर रहेको छ भने ३१ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेको छ । (साविकमा १ वटा जिल्ला हुलाक कार्यालय, १३ वटा इलाका हुलाक कार्यालय र ३५ अतिरिक्त हुलाक कार्यालयहरु रहेका थिए । )